Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको नाफामा १३.५५ प्रतिशतले गिरावट, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, ०८ : ४५ मा प्रकाशित

सिनर्जी पावरको नाफामा १३.५५ प्रतिशतले गिरावट, प्रतिसेयर आम्दानी कति ?

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.५५ प्रतिशतले घटेर ६ करोड २६ लाख ५३ हजार रुपैयाँ सिमित भएको छ । गत वर्ष यस कम्पनीले ७ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ  । विद्युत् बिक्रीबाट आम्दानी एक करोड ७५ लाख रुपैयाँले घटेर १५ करोड ४ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्री आम्दानीबाट १६ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ३४ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ११ रुपैयाँ ३९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ६६ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

60a722fb349c5.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको