Like us!
Follow us!
Connect us!
Watch us!

जनतालाई घर बाहिर निस्किन नदिन गृह मन्त्रालयको निर्देशन

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, ०५ : ५८ मा प्रकाशित

जनतालाई घर बाहिर निस्किन नदिन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी एबं तिनै सुरक्षा निकायका प्रमुखहरुलाई जनतालाई घर बाहिर निस्कन नदिन परिपत्र गरेको छ ।

नेपाल प्रहरी,सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार गृह मन्त्रालयमा बोलाएर गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए लगत्तै गृहले सबै जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र गर्दै कुनै पनि हालतमा मानिसलाई घरबाहिर निस्कन नदिन निर्देशन गरेको हो । गृहका प्रवक्ता जनकराज दाहालका अनुसार आज मन्त्रालयमा निषेधाज्ञाको हालसम्मको समीक्षा गर्दै थप प्रभावकारी बनाउन सचिवले निर्देशन दिएका हुन् ।

सरकारले केही दिन अघि ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यन्यनका लागि यस्तो परिपत्र गरिएको हो । उक्त परिपत्र अनुसार निषेधाज्ञाको उल्लंघन गर्नेहरुलाई जरिवान, होल्डिङ गर्ने सम्मको कानुन कार्यन्यनको र्निदेशन दिइएको छ । 

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने भनिएको छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कार्वाही गर्नसक्ने व्यवस्था पनि छ ।

यस्तो अवस्था दुईपांगे्रलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको