Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको उर्जा ऋणपत्र आजदेखि बिक्री खुल्ला, व्याजदर कति ?

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, ०८ : १४ मा प्रकाशित

एनएमबि बैंकको उर्जा ऋणपत्र आजदेखि बिक्री खुल्ला, व्याजदर कति ?

एनएमबि बैंकले डेढ १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (जेठ ९ गतेदेखि) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्नेछ  ।

बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२-९३’ जारी गर्न लागेको हो । यसमा वार्षिक ४% ब्याजदर रहनेछ  । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ९ गतेदेखि छिटोमा जेठ १२ गते र जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्  ।

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । 

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

60a9c39332651.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको