Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १३ : ४५ मा प्रकाशित

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ९.५% एनसीसी ऋणपत्र २०८६ सूचिकृत भएको हो ।

नेप्सेका अनुसार एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र सूचिकरण गरिएको हो ।


बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो। 

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे थियो । 

60ab5ea696eca.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको