Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा कहिले खुल्छ सिईडिबी हाइड्रोको काराेबार ?

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, १४ : १० मा प्रकाशित

दाेश्राे बजारमा कहिले खुल्छ सिईडिबी हाइड्रोको काराेबार ?

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुनका लागि अझै केही समय लाग्ने भएकाे छ ।

कम्पनीकाे आईपीओकाे बाँडफाँडमा परेका केही लगानीकर्ताहरूकाे पनि मेराे सेयरमा भने आईपीओ परेकाे नदेखाएकाे तथा हाल मुलुकभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले निषेधाज्ञा लागू गरेकाे हुनाले कम्पनीकाे आईपीओ नेप्सेमा सूचीकृत हुन अझै केही समय लाग्ने सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडका एक कर्मचारीले अर्थ संसारलाई जानकारी दिएका छन् । यसकाे अर्थ दाेश्राे बजारमा सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयर काराेबार गर्न लगानीकर्ताहरूले अझै केही समय कुर्नुपर्ने भएकाे छ ।

 कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

सिईडिबि हाइड्रोपावरको आईपीओ  बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

ग्राेलाप्रथाद्वारा गरिएकाे वितरणमा २ लाख ३४ हजार १ सय ९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमध्ये  ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए ।  बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १६ लाख ८५ हजार ६ सय २७ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ४ हजार ४ सय ४२ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सिईडिबी हाइड्रोको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ?

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ १३८ रूपैयाँ ७९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ४१६ रुपैयाँ ३७ पैसा हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको