Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेटमा हैदरावाद विजयी, मुम्बई ६ विकेटले पराजित

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १० : ३५ मा प्रकाशित

आईपीएल क्रिकेटमा हैदरावाद विजयी, मुम्बई ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई ईन्डियन्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा सनराइजर्सले मुम्बइलाई ६ विकेटले हराएको हो । 

वानखेडेमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका रायान रिकल्टनले अविजित १२३ रन बनाए पनि टोलीको जीतका लागि पर्याप्त भएन । 

२४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । हैदरावादका ट्रभिस हेडले ७६ तथा हेनरिक क्लासेनले अविजित ६५ रन बनाए । हैदरावाद तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई तालिकाको नवौँ स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले खेल्दैछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको