युनिलिभर नेपाल लिमिटेडले विगत पाँच वर्षदेखि नलिइएको लाभांश रकम बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ । २७ औं वार्षिक साधारणसभाबाट पारित लाभांशमध्ये केहीले हालसम्म लाभांश नलिएपछि यस्तो आग्रह गरेको हो ।
कम्पनीका अनुसार उक्त आर्थिक वर्ष २०७६/०७७ को कुल ६ लाख ९३ हजार ३३० रुपैयाँ बराबरको लाभांश अझै भुक्तानी हुन बाँकी रहेको छ । सम्बन्धित सेयरधनी वा उनका हकवालाले हालसम्म पनि उक्त रकम नलिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा रहेको सेयर रजिष्ट्रारको कार्यालयमार्फत लाभांश लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र तथा परिचय खुल्ने कागजातसहित अबको ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । तोकिएको अवधिभित्र लाभांश रकम नलिएमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस