Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतले पायो हकप्रद निष्काशनको पूर्वस्वीकृति, हकप्रद अनुपात संशोधन

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १० : १९ मा प्रकाशित

दोर्दी खोला जलविद्युतले पायो हकप्रद निष्काशनको पूर्वस्वीकृति, हकप्रद अनुपात संशोधन

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको हकप्रद सेयर निष्काशन योजना संशोधन भएको छ । कम्पनीको वार्षिक साधारणसभाले स्वीकृत गरेको प्रस्तावभन्दा कम अनुपातमा विद्युत नियमन आयोग बाट पूर्वस्वीकृति प्राप्त भएको हो ।

कम्पनीले गत पौष २९ मा सम्पन्न साधारणसभाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँको १ः०.५६६२१२७९ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पूर्वस्वीकृतिका लागि आयोगमा निवेदन दिइएको थियो ।

तर आयोगले वैशाख १५ गतेको पत्रमार्फत कम्पनीलाई चुक्ता पूँजीको १ः०.२८८ अनुपातमा मात्र हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको जनाएको छ । उक्त अनुपात अनुसार कम्पनीले ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न पाउनेछ ।

कम्पनीले सोही स्वीकृत अनुपातअनुसार आगामी प्रक्रिया अघि बढाउने जनाएको छ । दोर्दी खोलाले वाणिज्य बैंकको ऋण चुक्ता गर्ने प्रयोजनार्थ हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।


 

69f2dc860b803.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको