Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन, ११ अर्ब माथिको कारोबार

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, १५ : १० मा प्रकाशित

सेयर बजारमा करेक्सन, ११ अर्ब माथिको कारोबार

कारोबार साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा करेक्सन आएको छ । मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा पुगेको छ । नेप्से ०.२३ प्रतिशतले घटेको हो ।  

हिजो (सोमबार) मात्रै सेयर बजारले नयाँ कीर्तिमानी राखेको थियो । नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । यस्तै सेन्सेटिभ पनि परिसूचक ४.५१ अंकले बढेर ५०३.९९ बिन्दुमा पुगेको छ ।

कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे छ । सोमबार १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८  रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । यद्यपि कारोबार रकममा आज पनि उछाल आएको हो ।

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । आज जीवन बीमा समूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यो समूहको सेयरमूल्य २ दशमलव ३८ प्रतिशतले बढेको हो । त्यसैगरी, हाइड्रोपावर समुहको सेयरमूल्य पनि २ दशमलव २९ प्रतिशतले बढेको छ ।

यता विकास बैंक समूहको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूहको सेयरमूल्य १.५८ प्रतिशतले घटेको हो ।

बजारमा सामान्य करेक्सन आउँदा बरुण हाइड्रोपावरकम्पनीले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । कम्पनीको सेयरमूल्य ९.९५ प्रतिशतले बढेर ४ सय ८६ रुपैयाँ कायम भएको छ । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त, आँखुखोला जलविद्युत कम्पनी, अरुण कावेली पावर, गुँरास लाइफ इन्स्योरेन्स, र राधी विद्युत कम्पनीले पनि सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

यता, मल्टीपपर्स फाइनान्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंक र जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

त्यसैगरी, आज अरुण कावेली पावर लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ ।  कम्पनीले ३३ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, आईएमई जनरल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि मंगलबार सर्वाधिक कारोबार गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको