Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १२ : ०१ मा प्रकाशित

कुमारी इक्वीटी फण्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७८ साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ३४ पैसा पुगेको छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा ७ पैसाले बढेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ २६ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ४० करोड ७१ लाख ४७ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी चैत्र मसान्तकाे तुलनामा ३ कराेड रूपैयाँ भन्दा धेरै हाे । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ३७ करोड ३६ लाख ९९ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका २४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै बैंकले सिद्धार्थ बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ४२ करोड ६४ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । चैत्र मसान्तकाे तुलनामा घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ४८ करोड ३० लाख ८२ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60ade9b9e61de.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको