Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले फेरि ल्यायो नेशनल लाईफको सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १० : ५४ मा प्रकाशित

एनआईसी एशिया बैंकले फेरि ल्यायो नेशनल लाईफको सेयर लिलामीमा, मूल्य कति ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (जेठ १३ गते, बिहीबार) बाट फेरि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले कम्पनीकाे ४१ हजार ८ सय ५६ कित्ता कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ५ सय १७ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले आज (जेठ १३ गते, बिहीबार) बाट जेठ ३१ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60af2ba036841.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको