Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले दियो २ वटा म्युचुअल फन्ड निष्कासनको अनुमति

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, १७ : ३० मा प्रकाशित

धितोपत्र बोर्डले दियो २ वटा म्युचुअल फन्ड निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले २ वटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । सेबोनले आज वैशाख २ गते लक्ष्मी सनराइज क्यापिटल र सिद्धार्थ क्यापिटलद्वारा व्यवस्थापन गरिने दुई छुट्टाछुट्टै क्लोज म्युचुएल फन्डलाई स्वीकृति दिएको हो ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ लाई १२ करोड इकाई निष्कासनका लागि अनुमति दिइएको छ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई १० करोड इकाई निष्कासनको स्वीकृति प्राप्त भएको छ । दुवै म्युनुएल फन्ड क्लोज प्रकृतिका रहेका छन् र यिनीहरूको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको