राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री र सांसदसँग लेबी संकलन गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी प्रस्ताव पारित गरेको हो । निर्णयअनुसार, सांसदहरूले मासिक १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्नेछ।
यसका साथै, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रुपैयाँ लेबी तोकिएको छ। भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही दरअनुसार लेबी बुझाउनुपर्ने व्यवस्था गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस