Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो बिक्री गर्दै

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, ११ : ३७ मा प्रकाशित

राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज (जेठ १४ गते, शुक्रबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।

१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो १२ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यो रिपो जेठ २८ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b0864eee64a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको