Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

शनिबार, १५ जेठ २०७८, ०९ : ११ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । स्टकका अनुसार एउटा कम्पनीकाे बाेनस सेयर, एउटा म्युचुअल फण्ड र एउटा बैंककाे ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हाे ।

एनसीसी बैंक लिमिटेडको "९.५% एनसीसी ऋणपत्र २०८६" काे ३० लाख कित्ता ऋणपत्र सूचिकरण गरिएको हो । बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे थियो । 

यसैगरी, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २७.७६९ प्रतिशत बाेनस बापतकाे ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको हाे ।कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव गरेकाे थियाे ।

शिखर इन्स्योरेन्सको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ? 

त्यसैगरी, सनराइज ब्लूचिप फण्डकाे १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि SBCF सिम्बोल प्रदान गरिएको छ ।

सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आइतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियाे । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे थियाे । 

पनि पढ्नुहोस्

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

सहाराका सेयरधनीको लगानी ४ बर्षदेखि बन्धक, हकप्रद सेयर किन्नेले बोनस पाएनन्

धितोपत्र बोर्डका पुर्व अध्यक्ष भन्छन पहिले पनि ब्रोकर थप्ने बेला जात्रा भएको थियो, अहिले पनि उस्तै

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको