Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, १५ : ५८ मा प्रकाशित

शिखर इन्स्योरेन्सको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे कम्पनीमध्ये शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड पनि लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । 

कम्पनीकाे सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ६ सय ६० कित्ता पुगेकाे छ । यसैगरी, लगानीकर्ताहरूले लगानी गरेकाे भन्दा २ गुणा धेरै रकम कम्पनीले दिएकाे नगद लाभांशबाट प्राप्त गरिसकेका छन् ।

कम्पनीकाे सेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर १२ लाख ६७ हजार ८ सय ६० रूपैयाँ पुगेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ९ सय २९ रूपैयाँ रहेकाे छ । 

यस्ताे छ शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बाेनस र २.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २४ प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६० प्रतिशत बाेनस र ३.१६ प्रतिशत नगद गरि कूल ६३.१६ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २९ प्रतिशत बाेनस र १.५३ प्रतिशत नगद गरि कूल ३०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको