सामाजिक सञ्जाल फेसबुकमा शिबचन्द्र डोन का नाम ले परिचित एक पात्रले फेसबुकमा एक स्ट्याटस लेख्दै उनले अल्पकालिन लाभकरमा बृद्दीको बिषय गौण भएको भन्दै लगानिकर्ता स्थायी रुपमा लुटिंदै आएका बिषयहरुलाई स्थायी बन्ध्याकरणको लागी आवाज बुलन्द गर्न लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस जस्ताको तेस्तैः
हिजो आ.ब.२०७८/७९ को लागी जारी भएको बजेटबाट सेयर कारोबारमा लाग्दै आएको ५५ ब्याक्तिगत लाभकर अबदेखी एक बर्ष भन्दा बढी समय होल्ड गर्नेको हकमा ५ प्रतिशत नै र एक बर्ष भन्दा कम समयको लागी कारोबार गर्नेको हकमा भने ७.५५ प्रतिशत कायम भएको छ।
करको भार बढ्नु लगानिकर्ताको लागी पक्कै पनि सुखद बिषय होईन। तर यहाँनिर बर्षौं देखी उठ्दै आएको अल्पकालिन र दिर्धकालिन लगानीकर्तालाई फरक हिसाबले ब्यवहार गर्नु पर्ने भन्ने बिषयले भने सर्थकता पाएको छ।
अल्पकालिन लगानीकर्तालाई ५५ नै कायम गरेर दिर्धकालिन लगानीकर्तालाई त्यो भन्दा कम गरिएको भए सुनमा सुगन्ध नै हुने थियो। तैपनी एउटा सँस्कार बसेको छ भनेर अहिलेलाई चित्त बुझाऔं। करको दर भनेको समय समयमा समायोजन हुँदै आउने बिषय हो। भोलीको दिनमा सबैतिरबाट दवाब सृजना गरिने हो भने करको दर घट्नु कुनै ठुलो कुरा हैन। यसै पनि लाभकार लाभ भएको अवस्थामा मात्र तिर्नुपर्ने बिषय हो।
अल्पकालिन लगानिकर्तालाई ऋर्ण ५५ बाट बढाएर ७.५५ पुर्याईएको बिषय भन्दा पनि संवेदनशिल अर्कै बिषय छ जसको कारण लगानिकर्ता घाटा हुँदा हुँदै पनि लाभ कर तिर्न बाध्य छन्। त्यतातिर भने धेरैको ध्यान गएको पाईंदैन।
सेयर कारोबार गर्दा घाटामा बिक्री गर्नेहरु, स्टप लस गर्नेहरुले कती घाटा खाएका हुन्छन्रु त्यसलाई सजिलै बिर्सिएर नाफामा लाग्ने कर तिर मात्र ध्यान केन्द्रीत गरेको पाईन्छ। जस्तो की मैले १ लाख कमाउँदा ५००० तिरिरहेको ठाउँमा ७५०० तिर्न असहज महशुष गर्छु तर घाटामा बिक्री, स्टप लस गर्दा हुने लाखौं घाटा तिर भने ध्यान दिएको हुन्न। बास्तबमा लाभकर तिर्नु पुर्व घाटा समायोजन गर्न पाउनु पर्ने प्राबधानको लागी सबैतिरबाट आवाज बुलन्द पार्नु पर्ने आवश्यकता खट्केको छ।
लगानिकर्ताको सम्पत्तीको चुहावट हुने अर्को दुलो भनेको खरिद गर्दा पनि बिक्री गर्दा पनि तिर्नु पर्ने ब्रोकर कमिशन हो जुन अहिले पनि अत्यन्तै महंगोनै छ।
बिगतमा भौतिक रुपमा कारोबार हुँदा प्रती कारोबार रु.५ लाग्ने नामसारी शुल्क अहिले प्रबिधीको प्रयोग सँगै रु.२५ असुल गरिन्छ जुन अत्याचारनै हो ।
यसै पनि शुल्क महंगो रहेको कनेक्ट आईपिएस मार्फत् ब्रोकरलाई भुक्तानी गर्दा होस् या ब्रोकरबाट भुक्तानी प्राप्त गर्दा, दुबै तर्फको चार्ज लगानिकर्ताकै थाप्लोमा हालिन्छ जुन सामन्ती सँस्कार कै झल्को हो।
प्राथमिक निश्कासनमा लिईने मनपरी सि-आस्वा चार्जलाई ब्यवस्थित गरिनु पर्यो।
कारोबारमा लगानिकर्ताको लागत महंगो पर्नको मुख्य कारणमा सेयर बजारको नियामन धितोपत्र बोर्ड रहेको छ। जसले लगानिकर्ता देखी हरेक पाईला पाईलामा ब्रोकर , सिडिएस , नेप्से , मर्चेण्ट बैंक बाट बिभिन्न शिर्शकमा चर्को शुल्क असुल्ने गर्दछ। खै बैंकहरुको नियामक नेपाल राष्ट्र बैंकले त बैंक तथा बित्तिय सँस्थाहरु लाई यसरी दुहुनु गाई बनाएको छैन। यसतर्फ पनि खासै कसैको ध्यान गएको पाईंदैन।
दैनिक ७० -८० करोड कारोबार हुँदाको पचासे ब्रोकर सँरचनालाई अहिले १५ अर्ब कारोबार हुँदा पनि उनिहरुकै भरमा बजार जिम्मा दिनु ?
लगानिकर्ता र समग्र पुँजी बजारको लागी नै घातक हो। जसको कारण बजारको आकार र कारोबार बृद्दी सँगै लगानिकर्ताले सहज रुपमा पाउनु पर्ने न्युनतम सेवा पाईरहेका छैनन्। ब्रोकरेज सेवाको बिस्तार र बैंकलाई ब्रोकर लाईसेन्सले यो बेला पनि सार्थकता नपाए कहिले पाउने ?
लगानिकर्ताले बारम्बार दुःख पाउने गरेको नेप्से अनलाईन कारोबार प्रणाली र सिडिएस सिस्टमको स्तरोन्नतीको बिषयमा कुन कुरा बाधक रह्यो ?
समग्र बजार र लगानिकर्ताको हितनै चाहने हो भने सम्पुर्ण लगानिकर्ता, लगानिकर्ता सँघहरु, पुँजी बजारका सुभेच्छुकहरु सबै मिलेर माथीका बिषयहरु होलसेलमै उठाऔं त |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस