Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको लाभांश इतिहास : हजारको लगानी, लाखमा पुग्यो

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १७ : ४७ मा प्रकाशित

नेशनल लाइफको लाभांश इतिहास : हजारको लगानी, लाखमा पुग्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड पनि लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाउनुकाे कारण हरेक वर्ष कम्पनीले वितरण गर्दै आइरहेकाे प्रतिफल पनि हाे । सुरूवातदेखि नै कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई औषतमा राम्रै प्रतिफल दिँदै आइरहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३२ करोड २५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ४० अर्ब २१ करोड ७९ लाख रुपैयाँ, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २९ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३८ पैसा, प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात (पीइ रेसियाे) ९१.०१ गुणा रहेको छ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता एक हजार २ सय ७५ रूपैयाँ रहेकाे छ । कम्पनीकाे सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ६ सय ८० कित्ता पुगेकाे छ ।कम्पनीकाे सेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ८ लाख ६७ हजार रूपैयाँ पुगेकाे छ । नगद लाभांश बाट पनि लगानीकर्ताहरूले लगानीकाे दाेब्बर आम्दानी गरिसकेका छन् ।

कम्पनीकाे ९ वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० मा ७२.५ प्रतिशत लाभांश (५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७५/७६ मा १०.५३ प्रतिशत लाभांश (१० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद गरि कूल ७२.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत बाेनस र १२ प्रतिशत नगद गरि कूल १४.५ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको