Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्दै, व्याजदर कति ?

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, ०८ : ३९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्दै, व्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ २५ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ अर्ब ५० रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये बैंकले ६० प्रतिशत अर्थात् १५ लाख कित्ताले हुन आउने एक अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्नेछ, भने ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने कूल एक अर्ब ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्नेछ  ।

बैंकले ६ वर्ष अवधिको ‘८.५% RBBL डिबेन्चर, २०८३’ जारी गर्न लागेको हो । यसमा वार्षिक ८.५० ब्याजदर रहनेछ  । 

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ २५गतेदेखि छिटोमा जेठ २८ गते र असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्  ।

बैंकलाई इक्रा नेपालले ‘केयर एनपी सिंगल प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । 

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ । 

ऋणपत्रसम्बन्धि अन्य जानकारीको लागि तलको आह्वान पत्र हेर्नुहोस् :- 

60b450ee60867.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको