Like us!
Follow us!
Connect us!
Watch us!

खानीखोला,जोशी र हिमाल दोलखाको सेयर कारोबार रोक्काको माग, निवेदन धितोपत्र बोर्डमा

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, २० : ५० मा प्रकाशित

खानीखोला,जोशी र हिमाल दोलखाको सेयर कारोबार रोक्काको माग, निवेदन धितोपत्र बोर्डमा

सामाजिक सञ्जालमा 'काका' नामले परिचित केशब कोईराला विभिन्न हाइड्रोपावर कम्पनीहरुलाई कारबाहीको माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुगेर निवेदन  दर्ता गरेका छन्।

कोइरालाले समयमा वित्तिय विवरणहरु सार्वजनिक नगर्ने कम्पनीहरुको कारोबार रोक्का,नेटवर्थ ऋणात्मक भएका कम्पनीहरुको सूचिकरण खारेजी र मुख्य सञ्चालकहरुको सेयर हिस्सा बिक्रि रोक लगाई पाँउ भनि बोर्डमा निवेदन दिएका हुन् ।

निवेदनमा उनले समयमा वित्तिय विवरहरु प्रकाशन नगर्ने खानीखोला हाइड्रोपावर,जोशी हाइड्रोपावर र हिमाल दोलखा पावर कम्पनीको दोस्रोबजार कारोबार रोक्का गरिपाँउ भनि माग गरेका छन् ।

त्यस्तै खानिखोला हाइड्रोपावरले २०७६ सालमा प्रकाशन गरेको वित्तिय विवरण अनुसार नै उक्त कम्पनीको नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहको र हालसम्मको निरन्तर घाटाले कम्पनीको नेटवर्थ करिब नकारात्मक ५० रुपैयाँ सम्म पुगिसकेको हुनसक्ने अनुमान गर्दै उनले यस्तो टाँट पल्टिसकेको कम्पनीको सेयर महंगो मूल्यमा किन्दा लगानीकर्ताहरुको लगानी डुब्ने खतरा हुने देखिएकाले उक्त कम्पनीको सूचिकरण खारेजीको माग गरिएको छ ।

धितोपत्र बोर्डको मनगणन्ते तर्कले हाइड्रोको सेयर मूल्यमा गिरावट,घट्नु पर्ने कारण छैन

त्यसैगरी कोइरालले नेपाल स्टक एक्सचेन्जमा सुचिकृत अधिकांश कमजोर हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीहरु बिद्युत उत्पादन सुरु भनई बैंकको साँवा तथा व्याज समेत भुक्तानी नगरी संस्थापक सेयर बिक्रि गरी संचालक समितीबाट राजिनामा दिदै फरार हुनसक्ने जोखिम बढेकाले संस्थापकहरुको सेयर स्वामित्व रोक्का गर्न माग गरेका छन् । धितोपत्र बोर्डमा दिइएको उक्त निवेदनको बोधार्थ विद्युत नियमन आयोग र नेपाल स्टक एक्सचेन्जलाई पनि राखिएको छ ।

राष्ट्र बैंकको निर्देशनले निम्ताएको लगानीकर्ता माथिको धर्मसंकट : अवसर कि दुर्भाग्य?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको