Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको मनगणन्ते तर्कले हाइड्रोको सेयर मूल्यमा गिरावट,घट्नु पर्ने कारण छैन

कृष्ण भट्टराई

मंगलबार, १८ जेठ २०७८, १९ : २८ मा प्रकाशित

धितोपत्र बोर्डको मनगणन्ते तर्कले हाइड्रोको सेयर मूल्यमा गिरावट,घट्नु पर्ने कारण छैन

धितोपत्रको दोस्रो बजारमा गत साता निरन्तर उकालो लागेको हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य दुई दिनयता ओरालो लागेको छ ।  

जलविद्युत कम्पनीको सेयर मूल्य घट्नुलाई अहिले नियमकले गर्न लागेको हकप्रद सेयर निस्कासन र सेयरको लकिंग अबधि परिवर्तनलाई मानिएको छ । हकप्रदले लगानीकर्तालाई केही असर गरे पनि लकिंग पिरियड परिवर्तन गर्दा साधारण सेयरका लगानीकर्तालाई  फाइदा पुग्ने देखिन्छ । यस्तो अबस्थामा हल्लाको पछि लागेर सेयर मूल्य घट्नु  पर्ने कुनै कारण देखिँदैन । 

हाइड्रोपावर कम्पनीहरुले जारी गर्ने हकप्रदमा नेपालको सेयर बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डले अंकुस लगाउने संकेत देखिएपछि सेयर मूल्यमा गिरावट आएको बजारमा एउटा तर्क छ। 

नेपालको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीहरुको नियमक निकाय विद्युत नियमन आयोगले प्रस्ताव गरेको जलबिद्युत कम्पनीहरुलाई बैंकको कर्जा तिर्न हकप्रद निष्कासन गर्न दिने व्यबस्था लागू हुँदा जलबिद्युत कम्पनीहरुले हकप्रद जारी गरी प्राप्त रकमले बैंकहरुको कर्जा नतिरी सेयर मै लगानी गर्छन् भन्ने मनगढन्ते तर्क गरेर हकप्रद रोक्न खोजेको छ । 

बोर्डले हकप्रद रोक्न खोजेको जानकारी छैन : विद्युत नियमन आयोग  

हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगले भने बोर्डले हकप्रद रोक्न खोजेको कुनै जानकारी नपाएको बताएको छ ।
 
विद्युत नियमन आयोगका सूचना अधिकारी नुतनप्रकाश शर्माले तीन वर्ष र्देखि निरन्तर नाफामा रहेका हाइड्रोपावर कम्पनीहरुलाई बैंकको ऋण तिर्न हकप्रद निष्कासन गर्न दिने प्रस्तावमा सम्बन्धित निकायहरुसंग सल्लाह सुझाव मागेको बताए । अहिल्यै निष्कासन गर्न दिने भनेर अन्तिम निर्णय भने भइनसकेको उनले बताए ।

उनले लकडाउन अघि नेपाल धितोपत्र बोर्डसँग आफूहरुले यस विषयमा छलफल गरेको जानकारी दिँदै बैंकको कर्जा तिर्न मात्र प्रयोग गर्र्ने गरी हकप्रद निस्कासन गर्न दिने प्रस्ताव गरिएको जानकारी दिए ।  

ऐन नियमहरु कसैको मनलाग्दा बनाउने कसैलाई मनलाग्दा बिगार्ने कुरा होईन : गुरु न्यौपाने, उर्जा उधमी 

नेपालको हाइड्रोपावर कम्पनीमा निजी क्षेत्रको लगानीको सुरुआत कर्ता एवं अनुभवी उर्जा उद्यमी गुरु न्यौपाने अहिले नेपाल धितोपत्र बोर्डले गरेको ऐन परिवर्तनको प्रस्ताव नेपालको निजी क्षेत्रबाट केही विकास भएको हाइड्रोपावर क्षेत्रलाई सिध्याउने खेल भएको आरोप लगाउछन् ।

यो क्षेत्रको निर्माणमा धेरै मेहनत लागेको भन्दै उनले कसैको इसारामा विदेशी लगानीवालाहरुको स्वार्थमा नेपालीहरुको लगानीमा निर्माण भएका हाइड्रोपावर कम्पनीहरुमा प्रहार गर्न नहुने बताए । उनले अब यो क्षेत्रको विकास गर्ने कि मार्ने भन्ने सोच्ने बेला आएको उनी बताउँछन् । अबको केही व वर्षमा नेपालमा सबैभन्दा बढी आर्थिक गतिविधि जलविद्युत क्षेत्रमा हुने उनको दाबी छ ।
  
हाइड्रोपावर समूहका कम्पनीहरुको सेयर मूल्य १००-२०० रुपैयाँ बढ्दैमा विद्यमान ऐन नियम परिवर्तन गर्नुपर्ने र ? उनले प्रश्न गरे । यदि कसैले सेयर कर्नरिङ गरेको छ, इन्साइडर इन्फरमेसन दिएको छ भने नियमक निकायले त्यस्ता व्यक्ति तथा समूहलाई कानुन बमोजिम काराबाही गरोस्, उनले भने, तर कसैको इसारामा हचुवाकै भरमा ऐन नियम परिवर्तनको कुरा किमार्थ स्विकार्य हुँदैन । 

ऐन नियमहरु कसैको मनलाग्दा बनाउने कसैलाई मनलाग्दा बिगार्ने कुरा होईन  । कम्पनीको प्रोमोटर सेयर कति राख्ने कति नराख्ने भन्ने कुरा कम्पनी ऐनले निर्देशित गर्ने भन्दै उनले अबको केहि वर्षमा नेपालमा १५००० मेगावाट विद्युत उत्पादन गर्नु पर्ने भएकाले यो क्षेत्रमा अझै धेरै काम हुन बाँकी  रहेको उनको भनाई छ । 

अहिले सुर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थहरुको उत्पादनलाई निरुत्साहित गर्नुको सट्टा राष्ट्रकै निर्माणमा भूमिका निर्बाह गर्ने हाइड्रोपावर क्षेत्रलाई चलाउनु जरुरी नदेखिएको न्यौपाने बताउँछन् । हाइड्रोपावर कम्पनीहरुको ५० प्रतिशत काम सम्पन्न नहुँदा सम्म सर्वसाधारणका लागि आईपिओ जारी गर्न नपाउने नियम विद्यमान रहेको कारण अब कम्तिमा पनि १० बर्ष अहिलेका ऐन नियमहरु परिवर्तन गर्नु जरुरी नरहेको उनको दाबी छ । 

विद्युत नियमन आयोग हुँदाहुदै कसलाई हकप्रद दिने कसलाई नदिने भन्ने विषयमा बोर्डले हस्तक्षेप गर्न नहुने उनको तर्क छ । हकप्रद मार्फत बैंकको कर्जा तिरेमा कम्पनीले लगानीकर्ताहरुलाई बढि लाभांश दिन सक्ने भन्दै उनले हाइड्रोपावर कम्पनीहरुको हकप्रद रोक्दा लगानीकर्ताहरुमाथि नै अन्याय हुने बताए ।

त्यस्तै बोर्डले जलविद्युत कम्पनीको लकिङ अवधिमा समेत परिवर्तनको संकेत गरेको छ। यसले भने सर्बसाधारण सेयर खरिद गर्ने लगानीकर्ताहरुलाई फाइदा पुग्ने देखिन्छ ।अहिले सर्वसाधारणहरुलाई आईपिओ जारी गरेको ३ बर्षपछि संस्थापक लगानीकर्ताले प्रोमोटर सेयरलाई साधारण सेयरमा परिणत गर्न पाउने ब्यवस्था छ ।

तीन बर्षमा सेयर बेचेर कम्पनीका संस्थापकहरु बाहिरिन सक्ने भएकोले कम्पनीको जिम्मेवारी लिने ब्यक्ति नहुने बोर्डको तर्क छ । यसले गर्दा सेयर लकिंग अबधि परिवर्तन गर्ने तयारी बोर्डको छ । संस्थापक सेयर साधारणमा परिवर्तन गर्न नपाए बजारमा जलविद्युत कम्पनीको सेयरको आपूर्ती घट्ने छ । यसले सर्बसाधारणलाई फाइदा पुग्ने देखिन्छ ।

यो पनि 

किन निरन्तर उकालो लागिरहेको छ हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य ?

ब्रोकर थप्न बोर्ड बाधक भएको लगानीकर्ताको आरोप, अध्ययन भइरहेको बोर्डको दावी

सहाराका सेयरधनीको लगानी ४ बर्षदेखि बन्धक, हकप्रद सेयर किन्नेले बोनस पाएनन् 

राष्ट्र बैंकको निर्देशनले निम्ताएको लगानीकर्ता माथिको धर्मसंकट : अवसर कि दुर्भाग्य?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको