Like us!
Follow us!
Connect us!
Watch us!

१३ वटा हाइड्रोपावर कम्पनीले ५ करोड ४९ लाख कित्ता आईपीओ जारी गर्ने, कुनको कति कित्ता ?

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १२ : ३६ मा प्रकाशित

१३ वटा हाइड्रोपावर कम्पनीले ५ करोड ४९ लाख कित्ता आईपीओ जारी गर्ने, कुनको कति कित्ता ?

पुँजी बजारमा १३ वटा हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । १३ वटा कम्पनीको ५ करोड ४९ लाख ११ हजार ६५५ कित्ता सेयर आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् ।

प्रतिकित्ता एक सय रुपैयाँको दरले आईपीओ निष्कासन गर्दैछन् । आईपीओ निष्कासनको लागि आवेदन दिने जलविद्युत कम्पनीमा साहस उर्जा लिमिटेड, सयपत्री हाइड्रो पावर, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर, बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड, बृुद्ध भूमि नेपाल हाइड्रोपावर, ग्रीन भेन्जर कमपनी, मैलुङ खोला जलविद्युत कम्पनी, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रो पावर लिमिटेड, विन्धवासिनी हाइड्रोपावार, सामलिङ पावर कम्पनी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी रहेका छन् । 

यी सवै जलविद्युत कम्पनीहरु धितोपत्र बोर्डको सेयर निष्कासनको अनुमतिको पर्खाइमा रहेका छन् । सेयर बजारमा हाइड्रोपावरको चाम बढेको बेलामा सेयर निष्कासनको अनुमति दिनु पर्ने जलविद्युत उद्येमीहरुको भनाई छ ।

यता, धितोपत्र बोर्डले भने निषेधाज्ञा खुल्ने वित्तिकै आईपीओे निष्कासन प्रक्रिया अगाडि बताएको छ । 'बोर्डले आईपीओ निष्कासनको आन्तरिक कार्य गरिरहेको छ' धितोपत्र बोर्डका अध्यक्ष  भीष्मराज ढुङ्गानाले भने-' निषेधाज्ञा खुल्ने वित्तिकै हामी अध्ययन गरेर अनुमति दिनेछौं । यस्तो विसम परिस्थितिमा आईपीओ खोल्दा नयाँ लगानीकर्ताले सेयर भर्नबाट बन्चित हुनु पर्ने अध्यक्ष ढुङ्गानाको तर्क छ ।'

धेरै कम्पनीले आईपीओ निष्कासनको लागि बोर्डमा अनुमति दिएको छन ।

कुन कम्पनीको कति कित्ता ?  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको