Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फण्डमा लाभांश पुन: लगानी गर्न क्यापिटलको आग्रह

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १० : ४६ मा प्रकाशित

एनआईबिएल सहभागिता फण्डमा लाभांश पुन: लगानी गर्न क्यापिटलको आग्रह

एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना ”एनआईबिएल सहभागिता फण्ड“ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजना (Dividend Re-investment Plan) मा सहभागी हुन गत चैत्र २४ गते सूचना प्रकाशित गरिएको थियो । त्यसैले, क्यापिटलले हालसम्म पनि उक्त योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासिघ्र सहभागी हुन आग्रह गरेको छ ।

यस योजना अन्तर्गत इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने (Book Close) मितिका दिनसम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने क्यापिटलले जनाएकाे छ ।

लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया :

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

२) योग्य इकाईधनीहरुले अनलाईन लिंक (Online Link) https://mutualfund.niblcapital.com मा गई लाभांशपुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन सक्नेछन् ।

३) आफ्नो हितग्राहिखातामा रहेको ईमेल ठेगाना मार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्नेछन् ।

ईमेलमा उल्लेख गर्नुपर्ने विवरण :

ईमेल विषयः लाभांशपुन –लगानी योजना
ईमेल ठेगानाः [email protected]
इकाईधनीको पुरा नामः
इकाईधनीको हितग्राही खाता नंः                
इकाईधनीको सम्पर्क नम्बरः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको