Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फण्डका इकाई अनलाइनबाट पनि बिक्री गर्न सकिने

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १२ : २६ मा प्रकाशित

एनआईबिएल सहभागिता फण्डका इकाई अनलाइनबाट पनि बिक्री गर्न सकिने

“एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) को इकाईहरू अनलाइनबाट पनि बिक्री गर्न सकिने भएकाे छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) को इकाईहरू अनलाइनबाट पनि बिक्री गर्न सकिने भएकाे हाे ।

हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्वारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यवस्था गर्दै आइरहेकोमा अब उप्रान्त यस योजनाका इकाईधनीहरुले सोही विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सक्नेछन् ।

मिति २०७८ मंसिर १९ गते आइतबार बाट सोही विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सक्ने समेत जानकारी गराइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको