Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल सहभागिता फण्डको लगानी डबल योजनामा सहभागी हुने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २४ असार २०७८, १३ : १२ मा प्रकाशित

एनआइबिएल सहभागिता फण्डको लगानी डबल योजनामा सहभागी हुने आज अन्तिम दिन

नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । 
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाले नेपालको पूँजीबजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको छ ।

यस खुलामुखी योजानाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएका थियाे । १० रूपैयाँ अंकित मूल्य रहेको यस योजानाको असार २२ गतेको तथ्याङ्क अनुसार प्रति इकाई खुद मूल्य १७ रूपैयाँ २१ पैसा पुगेको छ भने योजानाको आकार ३१.४२ करोड पुगेको छ ।

योजना व्यवस्थापक, एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म वृद्धि गराउने योजना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको थियो । तसर्थ यस योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ताहरुलाई आज योजानाको अन्तिम दिन अपह्रान्न ३ बजे सम्ममा सहभागी हुन अनुरोध गरिएको छ ।

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा Facebook Live मार्फत गरिनेछ र योग्य सहभागीहरुबाट २० जना  विजेता घोषणा गरिनेछ र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको