Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल सहभागिता फण्डकाे इकाई ईसेवाबाट खरिद गर्न सकिने

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, ११ : २३ मा प्रकाशित

एनआइबिएल सहभागिता फण्डकाे इकाई ईसेवाबाट खरिद गर्न सकिने

एनआइबिएल सहभागिता फण्डकाे इकाईहरू ईसेवाबाट खरिद गर्न सकिने भएकाे छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर राखी हिजाे मङ्सिर ६ गतेदेखि इसेवाको माध्यमबाट पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हाे । 

यसअघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई Connect IPS, Khalti / Nepal Investment Bank Ltd र E-Banking बाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई बिना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको