Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फण्डको एजेन्ट नियुक्त

अर्थ संसार

सोमबार, १९ बैशाख २०७९, १७ : २२ मा प्रकाशित

एनआईबिएल सहभागिता फण्डको एजेन्ट नियुक्त

एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल सहभागिता फण्डको एजेन्ट नियुक्त गरेकाे छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडलाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्तर्गत निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे हाे । 

यस अघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुँदै आइरहेको छ ।

विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो  खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५% र दोस्रो आर्थिक वर्षमा ५०% नगद लाभांश प्रदान गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको