Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफले नविकरण शुल्कमा व्याज छुट दिने

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १४ : १७ मा प्रकाशित

एशियन लाइफले नविकरण शुल्कमा व्याज छुट दिने

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने व्याज छुट दिने भएको छ । कम्पनीले निषेधाज्ञा अवधिभर नविकरण बीमाशुल्कमा लाग्ने व्याज छुट दिने भएको हो ।

कोभिड १९ महामारीको कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै वैशाख १६ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि नविकरण भुक्तानी गर्न बाँकी रहेकाहरुलाई छुट दिइने कम्पनीले जनाएकाे छ ।

बीमाशुल्क अनलाइन मार्फत ई सेवा, फोनपे, मोबाइल बैंकिङ्ग र कनेक्ट आइपिएसको माध्यमबाट पनि भुक्तानी गर्न सकिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको