Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले कारोबार रोक्का गरेपछि खानीखोला हाइड्रोले प्रकाशित गर्यो नाजुक वित्तीय विवरण

अर्थ संसार

शनिबार, २२ जेठ २०७८, १० : ३९ मा प्रकाशित

नेप्सेले कारोबार रोक्का गरेपछि खानीखोला हाइड्रोले प्रकाशित गर्यो नाजुक वित्तीय विवरण

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे अवस्था एकदमै नाजुक रहेकाे छ । 

कम्पनीले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२ (१) (क) मा भएकाे व्यवस्था बमाेजिम वित्तीय विवरणहरू पेश नगरेकाे भन्दै नेप्सेले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (१) (घ) मा भएकाे व्यवस्था बमाेजिम जेठ २० गते, बिहीबारबाट कम्पनीकाे काराेबार राेक्का गरेकाे थियाे ।

खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको कम्पनी ९ करोड ९० लाख ५७ हजार रूपैयाँ घाटामा रहेकाे छ । उक्त घाटा रकम गत आर्थिक वर्षकाे वर्षकाे भन्दा थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी १० करोड १२ लाख २६ हजार रूपैयाँ घाटामा रहेकाे थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीमा भने उल्लेख्य सुधार आएको छ  । गत  आर्थिक वर्षकाे यसै अवधिमा ३ करोड ५६ लाख एक हजार रहेकाे विद्युत् बिक्रीबाट हुने आम्दानी यस अवधिसम्म बढेर ७ करोड २६ लाख ११ हजार रूपैयाँ पुगेकाे छ ।

हाल कम्पनीकाे चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ६६ करोड २० लाख ऋणात्मक छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर २१ रुपैयाँ २७ पैसा नोक्सानमा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

60bb08d04c69a.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको