Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले डाक्यो साधारण सभा

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, ११ : ३४ मा प्रकाशित

नागरिक लगानी कोषले डाक्यो साधारण सभा

नागरिक लगानी कोषले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कोषकाे जेठ २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कोषकाे २६औँ वार्षिक साधारण सभा असार १८ गते, शुक्रबार, काेषकाे केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडाैँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ । 

त्यसैगरी, काेषले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असार ८ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

काेषले साधारण सभाकाे एजेन्डाहरू भने हालसम्म प्रकाशन गरेकाे छैन । कोषकाे चैत्र ११ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60bc633a05a8a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको