Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारको प्रारम्भमै ९.९९ प्रतिशतले बढ्यो महिला लघुवित्तको सेयरमूल्य

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, ११ : १० मा प्रकाशित

कारोबारको प्रारम्भमै ९.९९ प्रतिशतले बढ्यो महिला लघुवित्तको सेयरमूल्य

आज आईतबार सेयरको दोस्रोबजार कारोबारका क्रममा महिला लघुबित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । 

कारोबारको प्रारम्भमा कम्पनीको सेयर मूल्य ५२२ रुपैयाँले बृद्धि भएर ५ हजार ७४९ रुपैयाँ पुगेको छ । अहिलेसम्म कम्पनीको करिब ७००० कित्ता सेयरको कारोबार भईसकेको नेप्सेले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म दोस्रोबजारमा कम्पनीको सेयरको माग उच्च देखिएको छ । कारोबार प्रारम्भको पाँच मिनटमै कम्पनीको १० हजार भन्दा बढि कित्ता सेयरको माग हुँदा सप्लाई भने सून्य देखिएको छ । 

बिगतमा आईपिओ जारी गरेपछी दोस्रोबजार कारोबार प्रारम्भ भएपनि कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागेर ५ हजार ४ सय रुपैयाँ सम्म पुगेपछि केहि ओरालो लागेको हो तर बिगत केहि दिन देखि पुनः कम्पनीको सेयर मूल्य निरन्तर बृद्धि भईरहेको देखिन्छ । 

60bdae52e66ac.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको