Like us!
Follow us!
Connect us!
Watch us!

थप २४०७ जनामा संक्रमण पुष्टि, ३९९४ जना संक्रमणमुक्त

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १७ : ०७ मा प्रकाशित

थप २४०७ जनामा संक्रमण पुष्टि, ३९९४ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी कुल २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आइतबार काठमाडौँमा ४ सय ८३ जनामा भक्तपुरमा ५८ जनामा र ललितपुरमा ११२ जनामा काेराेना संकम्रण पुष्टि भएकाे छ ।

त्यसैगरी, बितेको २४ घण्टामा ४६ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको