Like us!
Follow us!
Connect us!
Watch us!

आनले एक साता एड–डे मनाउने

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १७ : ३३ मा प्रकाशित

आनले एक साता एड–डे मनाउने

नेपाल विज्ञापन संघ (आन) ले जेठ ३० गते, आइतबार “ नेपाली विज्ञापन सप्ताह” जेष्ठ ३० गतेदेखि आषाढ ७ गतेसम्म एड–डे मनाउने भएकाे छ ।

यसै सन्दर्भमा आनले एड–डे को लाेगो सार्वजनिक गर्दै सम्पूर्ण विज्ञापनदाता, विज्ञापनकर्मी, मिडिया, मिडियाकर्मी, बिज्ञापन सर्जक तथा आम दर्शक तथा उपभोक्तामा शुभकामना दिएको छ  ।

साेही अन्तर्गत आनले आज दोश्रो दिन आफ्नो ३१औँ वार्षिकोत्सव सचिवालय परिसर शान्तिनगरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  

एड –डे को प्रायोजन बिजमान्डु र अम्बे स्टिलले गरेको छ । रक्तदान कार्यक्रममा आनका वर्तमान पदाधिकारिहरु तथा सदस्यहरु  मिडियाका प्रतिनिधिहरु एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो । उक्त रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन गरिएकाे आनले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको