Like us!
Follow us!
Connect us!
Watch us!

थापाको नेतृत्वमा नेपाल विज्ञापन संघ

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ०९ : १४ मा प्रकाशित

थापाको नेतृत्वमा नेपाल विज्ञापन संघ

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । जसमा कोषाध्यक्षबाहेक अन्य सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्। यस्तै, सात जना कार्यसमिति सदस्य पनि निर्विरोध चुनिएका छन् ।

संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्धितिय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ तथा सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन्।

 

यस्तै, सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल सदस्य चुनिएका छन्।

निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र सबै क्षेत्र समेटिएको कार्यसमितिको पदावधि तीन वर्षको हुने संघले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको