Like us!
Follow us!
Connect us!
Watch us!

आज आईएमई लाइफको आईपीओ छिनोफानो !

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, ०६ : ४२ मा प्रकाशित

आज आईएमई लाइफको आईपीओ छिनोफानो !

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ  ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । 

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा NFRS प्रणाली लागु गरि तयार पारिएको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ  ।

60ab15599b482.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको