Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर ओरालो लाग्दै कोरोना संक्रमितको संख्या

पत्रपत्रिका

सोमबार, ३१ जेठ २०७८, ०८ : ४५ मा प्रकाशित

निरन्तर ओरालो लाग्दै कोरोना संक्रमितको संख्या

कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि  भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।

नेपालमा  हालसम्म  कोरोना  सङ्क्रमितको सङ्ख्या  छ लाख  नौ हजार १८५  पुगेको छ । कोरोना  निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ    ।

विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना  सङ्क्रमणबाट  मृत्यु  हुनेको सङ्ख्या  आठ  हजार ४१२  पुगको छ । नेपालमा  हालसम्म  ३२  लाख  १४  हजार ७२५ जनाको पीसीआर परीक्षण  गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार सात   हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९  जनाको एन्टिजन विधिबाट  परीक्षण गरिएको जानकारी दिए । कुल  १२ हजार ४०६  जनाको परीक्षण गरिएको  मा  दुई  हजार ४०७ जनालाई  कोरोना पुष्टि भएको हो   । 

विगत  २४  घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका  अनुसार काठमाडौंमा  ४८३,  भक्तपुर  मा  ५८  र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको