Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको आईपीओलाई सेबोनको स्विकृती

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, ०५ : ४९ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओलाई सेबोनको स्विकृती

नेपाल धितोपत्र बोर्डले जिवन विकास लघुवित्तलाई प्राथमिक साधारण सेयर(आईपिओ) निष्काशनको अनुमति प्रदान गरेको छ ।

बोडर्को जेठ ३० गतेको निर्णय अनुरार संस्थालाई आईपिओ निष्काशनको अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।  

संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति आएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । 

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कस्तो छ संस्थाको वित्तिय अवस्था ?

संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको  अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा हाँसिल गर्न सफल भएको देखिन्छ । गत बर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँमा सिमित थियो । 

तेस्रो त्रैमास सम्ममा संस्थाले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ भने १ अर्ब ३० करोड रुपैयाँ सञ्चालन मुनाफा हासिल गरेको देखिन्छ ।  

४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । आईपिओ निष्काशन पछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । 

संस्थाले निकालेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो छः

60c7ef7eb408c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको