Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटीमा गाभिन लागेकाे नेपाल एग्रो लघुवित्तले १२ प्रतिशत बोनस वितरण गर्ने

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १४ : २७ मा प्रकाशित

इन्फिनिटीमा गाभिन लागेकाे नेपाल एग्रो लघुवित्तले १२ प्रतिशत  बोनस वितरण गर्ने

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र  कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

संस्थाले लाभांश वितरण गर्ने प्रस्तावसहित पाँचाै वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा असार २१ गते, साेमबार सिटिस्क्वेयर, न्यूराेड, पाेखरा, कास्कीमा ९ बजेदेखि सुरू हुनेछ ।

सभामा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ताबाट प्राप्त भएकाे प्राप्ती हुने संस्थाकाे चल अचल सम्पत्ति र दायित्व मुल्यांकन प्रतिवेदन (Due Deligence Audit DDA) समेतकाे आधारमा मर्जर समितिबाट निर्धारण गरिएकाे सेयर आदान प्रदान अनुपात एक बराबर शून्य दशमलव अन्ठानब्बे (१ः०.९८) पारित गरी मर्जरलाई स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा हालसम्म भएका सम्झौता र कार्यहरु अनुमोदन गर्ने र कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छ । नियामक निकाय थप संशोधन गर्न निर्देशन दिए सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिनेछ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाइसकेको छ । दुवै संस्थाबीच माघ २६ गते, आइतबार मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c86c5c05516.jpg 60c86c64828da.jpg 60c86c6a4c710.jpg 60c86c705d036.jpg 60c86c76926d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको