सेयर विश्लेषक रबिन्द्र भट्टराईले यदि बोर्डका पदाधिकारीले सेयर बजारका बारेमा केहि बोल्न नपाएर वा मिडियामा अनुहार देखाउन नपाएर छटपटि भए बोल्नलाई सानो हरफ तयार पारिदिएको छु त्यहि बोले हुन्छ भनि सुझाएका छन् ।
उनले सामाजिक संजाल (फेसबुक) मा एक स्टाटस लेख्दै बोर्डको काम कर्तब्यका बिषयमा प्रश्न गरेकाछन् । भट्टराईले सामाजिक सञ्जालमा व्यक्त गरेको बिचार यस्तो छः
यदि बोर्डका पदाधिकारीले सेयर बजारका बारेमा केहि बोल्न नपाएर वा मिडियामा अनुहार देखाउन नपाएर छटपटि भए बोल्नलाई सानो हरफ तयार पारिदिएको छु त्यहि बोले हुन्छ ।
"धितोपत्र बजारमा लगानी गर्ने क्रममा लगानीकर्ताले आफ्नो जोखिम लिने क्षमताको मूल्यांकन गरि सुसुचित भई अधिकतम विवेक प्रयोग गरेर लगानी निर्णय गर्नेछन भन्ने कुरामा बोर्ड विश्वस्त छ । पुँजि बजारको विकास गर्न, लगानीकर्ताको हितको संरक्षण गर्न, बजारको पारदर्शिता कायम गर्न र नियम कानुनको पालना गराउने कुरामा बोर्ड प्रतिवद्ध छ ।"
तर यो किन, यो बेच, बजार बढ्छ, घट्छ, यो कम्पनीमा जोखिम छ यसमा छैन भन्ने जस्ता कुराहरु रेफ्रिको भूमिकामा बसेको संस्थाले गर्न मिल्दैन । नियामकले किन्नेलाइ मात्र हैन बेच्नेलाई पनि न्याय दिन सक्नु पर्छ । यो किन भनि रहदा बेच्नेलाई अन्याय भै रहेको हुन्छ। यो बेच भन्दा किन्नेलाई अन्याय भै रहेको हुन्छ ।
बजार बढ्छ भनि रहदा घट्ने आश भएकालाई अन्याय भै रहेको हुन्छ भने घट्छ भनिरहदा बढ्ने आश भएकालाई अन्याय भै रहेको हुन्छ । बोर्डले जोखिम पुर्ण भनि सुचि सार्वजनिक गर्दा सेयर होल्ड गरेर बस्नेहरुलाई पिडा थपि दिएको छ भने अर्को तर्फ सुचि बाहेकका सवै कम्पनीमा जोखिम छैन वा जोखिम मुक्त छन जति वा जसरी लगानी गरे पनि हुन्छ भन्ने संदेश गइ रहेको हुन्छ । सेयर बजारमा नियामकले जोखिम मुक्त भन्ने शब्दको प्रयोग गर्नु आफैमा मुर्खता सिवाय केहि पनि हैन ।
सम्पुर्ण सेयर बजार नै जोखिमपुर्ण हुने भएकाले त्यस भित्र कुनै कम्पनी जोखिम युक्त र कुनै जोखिममूक्त भनेर नियामकले परिभाषित गर्नु आफैमा हास्यास्पद छ र यसलाई भन्छन नमच्चिने पिंगको सय झड्का। वा कहि नभएको सेयर बजारको जात्रा खुमलटारमा । लगानीकर्तालाई विवेक प्रयोग गर भन्ने सँस्थाको यो अविवेकि हर्कतले पुँजिबजारको नियामकको नियामकिय क्षमताको स्तर छरपष्ट भएको छ । यदि यी कम्पनीको सेयर दोस्रो बजारमा अनियमित तरिका बाट कारोबार भएको पाएको भए कहिले र कसरी भएको थियो र तीनलाई बोर्डले कस्तो कारबाहि गर्दैछ र पिडितले कसरी क्षतिपुर्ति पाउछन त्यो पनि स्पष्ट हुनुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस