Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता वा मन्त्री परिवर्तनका आधारमा सेयर बजार बढ्ने र घट्ने कुरा गर्नु सट्टेबाजी मात्र हो

अर्थ संसार

बुधबार, ३० असार २०७८, १० : ३६ मा प्रकाशित

सत्ता वा मन्त्री परिवर्तनका आधारमा सेयर बजार बढ्ने र घट्ने कुरा गर्नु सट्टेबाजी मात्र हो

सेयर विश्लेषक एबं लेखक रबिन्द्र भट्टराईले सत्ता वा मन्त्री परिवर्तनकै आधारमा सेयर बजार बढ्छ वा घट्छ भन्नु  केवल सट्टेबाजी मात्र भएको बताएका छन् । 

अहिले बजारमा नयाँ सरकारको अर्थमन्त्रीमा रुपमा माओवादी नेता पुर्व उर्जामन्त्री जनार्दन शर्मा नियुक्त भएपछि अब बजार बुम हुने हल्ला सामाजिक सञ्जालहरुमा देखिएपछि लेखक भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । 

उनले यदि कोहि अमुख व्यक्ति अर्थमन्त्री हुँदा बजार बढ्छ वा घट्छ भने त्यो नितान्त रुपमा उनिहरुको भाग्य वा दुर्भाग्यको कुरामात्र रहेको बताएका हुन् । बजारको कुन अवस्थामा कुन व्यक्ति मन्त्रि बनेर आइ पुग्छ त्यसको भाग्य त्यसैमा भर पर्ने भन्दै उनले मन्त्रि वा पार्टिकै कारणले बजारमा परिवर्तन देखिएको नभई सेयर बजार आफ्नै हिसावले चलिरहने बताउछन् । 

लेखक भट्टलाईले सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयर मन्त्र, सेयरको आधारभूत विश्लेषण, सेयर बजारका जिज्ञासाहरू लगायत थुप्रै सेयर बजार सम्बन्धी पुस्तकहरु लेखेका छन् भने वित्तीय साक्षरता जगाउन उनले दोहोरी गीत तथा चलचित्र समेत निर्माण गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखक भट्टराईले व्यक्त गरेको बिचार जस्ताको तेस्तैः
सत्ता वा मन्त्रि परिवर्तनका आधारमा सेयर बजार बढ्ने र घट्ने कुरा गरिनु केवल सट्टेबाजी मात्र हो । कोहि अर्थमन्त्रि हुदा बजार बढ्नु वा घट्नु त्यो तीनको भाग्य वा दुर्भाग्य मात्र हो। बजारको कुन अवस्थामा कुन व्यक्ति मन्त्रि बनेर आइ पुग्छ त्यसको भाग्य त्यसैमा भर पर्छ ।  मन्त्रि वा पार्टिकै कारणले बजारमा परिवर्तन देखिएको छैन । सेयर बजार आफ्नै हिसावले चलिरहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको