Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा कारोबार हुने कम्पनी कसरी साम्राज्यवादी भए ? रबिन्द्र भट्टराईको प्रश्न

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १३ : १७ मा प्रकाशित

सेयर बजारमा कारोबार हुने कम्पनी कसरी साम्राज्यवादी भए ? रबिन्द्र भट्टराईको प्रश्न

सेयर विश्लेषक रबिन्द्र भट्टराईले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन।  

सेयर बजारलाई पुँजीवादी साम्राज्यवादको विस्तारित रुप भन्दै प्रचण्डले हिजो सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए।  प्रचण्डको सो अभिव्यक्ति पछि सेयर बजारमा पहिरो गएको छ।  सोही सन्धर्भमा विश्लेषक भट्टराईले प्रचण्डको सो अभिव्यक्तिलाइ खण्डन गर्दै आफ्नो फेसबुक वालमा लेखेका छन, ' सेयर बजारमा कारोबार हुने कम्पनी र लगानीकर्ता त नेपालकै मात्र छन।  यी कसरी साम्राज्यवादी भए ? बरु लगाउने कपडा, घडी, जुत्ता, चप्पल, जेल, टाईसुट आदि चाहिँ विदेशीमा पर्छन , यी कुराले पो साम्राज्य फैलाए कि ? '

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको