Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको ४.३५ लाख कित्ता सेयर लिलामीमा, कसरी किन्न सकिन्छ ?

अर्थ संसार

बुधबार, ०२ असार २०७८, ११ : ३१ मा प्रकाशित

अरुण भ्यालीको ४.३५ लाख कित्ता सेयर लिलामीमा, कसरी किन्न सकिन्छ ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गतेदेखि ४ लाख भन्दा बढी कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर  लिलामी गर्न लागेको हो । उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त सेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र पेश सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको