Like us!
Follow us!
Connect us!
Watch us!

अशोक लेलैण्डद्वारा शिवराज नगरपालिकालाई दमकल हस्तान्तरण

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १५ : ५८ मा प्रकाशित

अशोक लेलैण्डद्वारा शिवराज नगरपालिकालाई दमकल हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई सुविधा सम्पन्न बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।
 
उक्त सुविधा सम्पन्न बारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
 
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो बारुणयन्त्र (दमकल) आइएमई मोटर्सका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले, सुविधासम्पन्न बारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागिका घटनामा नगरवासीको जीऊधनको रक्षा गर्न र क्षतिको  रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताएका छन् ।

अशोक लेलैण्ड को १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४, ००० लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ । यस प्रकारको अत्याधुनिक बारुणयन्त्र (दमकल) अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ । कार्य क्षमता, र अत्याधुनिक उपकरणका साथै मर्मत खर्च समेत कम हुने भएकोले यो दमकल नेपालमा बढी रूचाइएको बारुणयन्त्र (दमकल) मध्येमा पर्दछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको