Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ९४ हजार कित्ता संस्थापक सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

विहीबार, ०३ असार २०७८, ११ : ३६ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ९४ हजार कित्ता संस्थापक सेयर लिलामीमा, मूल्य कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आज (असार ३ गते, बिहीबार) देखि संस्थाकाे संस्थापक सेयरधनी आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेकाे सेयरहरू बिक्री खुल्ला गरेकाे छ ।

संस्थाले ३ लाख ९४ हजार ६ सय ३४ दशमलव ४६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गर्न लागेकाे हाे । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर ८ सय ५० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त सेयर खरीद गर्न योग्य इच्छुक संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संस्थाहरुले आज (असार ३ गते, बिहीबार) देखि असार १७ गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c0608e3f703.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको