Like us!
Follow us!
Connect us!
Watch us!

'ओलीलाई जबरजस्ती मधेस विरोधी बनाइयो'

पत्रपत्रिका

शुक्रबार, ०४ असार २०७८, ०७ : १५ मा प्रकाशित

'ओलीलाई जबरजस्ती मधेस विरोधी बनाइयो'

राष्ट्रिय सभा  सदस्य  सुमनराज  प्याकुरेलले  प्रधानमन्त्री  केपी  शर्मा  ओलीलाई  जबरजस्ती मधेश विरोधी बनाइएको बताउनुभएको    छ    ।   सप्तरीको    राजविराजमा   बिहीबार   आयोजित   पत्रकार  सम्मेलनमा  उनले  यस्तो  कुरा बताएका हुन् ।

नेकपा   एमाले   अध्यक्षसमेत   रहेका भएका ओलीलाई तथाकथित मधेसवादी दलले कम्युनिस्टलाई कमजोर पार्न ओलीलाई मधेस विरोधी भएकोे आरोप लगाए । 

ओली मधेस प्रेमी नेता भएको बताउँदै उनले थपे, यसैकारण ओलीले सप्तरीमै प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा प्रतिष्ठान, राजविराज विमानस्थल, वातावरण मापन केन्द्र  स्थापना,  मदन  भण्डारी  खेल  मैदान  निर्माणलगायतमा बजेट विनियोजन गर्नुभएको छ । गणतन्त्रमा नेता होइन,पार्टी ठूला हुने प्रसंग उल्लेख गर्दै नेता प्याकुरेलले संविधान अनुसार सरकारलाई हटाउन    चाहेमा    एकक्षण  पनि  सरकारमा  नबस्ने बताए ।

गोरखापत्र दैनिकमा समाचार छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको