Like us!
Follow us!
Connect us!
Watch us!

सेयर वा रकम समयमै प्राप्त नभएमा के गर्ने ?

नेप्से

आइतबार, ०६ असार २०७८, ०६ : ०४ मा प्रकाशित

सेयर वा रकम समयमै प्राप्त नभएमा के गर्ने ?

धितोपत्रको खरिद वा बिक्री भएपछि आफूले प्राप्त गर्नुपर्ने धितोपत्रको वा रकम समय प्राप्त नभएमा लगानीकर्ताले तुरुन्त स्टक एक्सचेञ्जमा सम्पर्क राख्नु पर्दछ । यस स्थितिमा स्टक एक्सचेञ्जले सम्बन्धित दलालबाट प्रतिदिन ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क समेत असुल गरिदिन सक्दछ ।

यस्तै धितोपत्र वा रकम समयमै प्राप्त नभए बाट लगानीकर्तालाई हानी नोक्सानी भएमा धितोपत्र दलालले स्टक एक्सचेञ्जमा राखेको धरौटी रकमले भ्याएसम्म स्टक एक्सचेञ्जले लगानीकर्तालाई भुक्तानी दिनेछ धरौटीबाट हानी नोक्सानी पूर्ति हुन नसकेमा प्रचलित ऐन अनुसार सम्बन्धित दलालबाट असुल उपर गर्न सकिनेछ ।

नेप्सेको वेबसाइटमा उल्लेखित फोन नम्बरमा वा ईमेल मार्फत पनि लगानीकर्ताहरुले गुनासो गर्न सक्नेछन् । 

धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद सम्बन्धी गुनासा सम्बन्धित निष्कासन तथा बिक्री प्रबन्ध गर्ने संस्था, निष्कासनकर्ता कम्पनी तथा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिन्छ ।

सूचीकृत धितोपत्र खरिद बिक्री सम्बन्धी गुनासाबारे सर्वप्रथम धितोपत्र दलाललाई जानकारी गराउनुपर्दछ । धितोपत्र दलालबाट सन्तुष्ट नभएमा आफ्नो गुनासो लिखित रुपमा स्टक एक्सचेन्जमा राख्न सकिन्छ । यस्तो गुनासो समाधान नभएमा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिन्छ ।

स्रोतः नेप्से

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको