Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

आइतबार, ०६ असार २०७८, ११ : १५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकले जेठ २५ गते, मंगलबारबाट  जेठ २८ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे  ऋणपत्र बाँडफाँड गरेकाे छ । उक्त ऋणपत्र असार २ गते, बुधबार आंशिक रूपमा बाँडफाँड गरिएकाे बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

बाँडफाँड सम्बन्धी सम्पूर्ण विवरणहरू www.meroshare.cds.com.np बाट हेर्न सकिनेछ । 

साथै, व्यक्तिगत तवर तर्फका आवेदकहरूले आंशिक बाँडफाँडमा परेकाे ऋणप बापतकाे बाँकी रकम फिर्ता भुक्तानी एनआइबिएल एस क्यापिटल लिमिटेडबाट सम्बन्धीत आवेदकहरूकाे बैंक खातामा रकमान्तर गरिने करा पनि बैंकले जनाएकाे छ ।  

बैंकले ६ वर्ष अवधि भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ नाममा वार्षिक ८.५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियाे । यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ced3427878e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको