Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफलाई केयर नेपालको रेटिङ्ग,आईपिओ निष्काशन प्रक्रिया अघि बढ्यो

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, ०५ : ३६ मा प्रकाशित

आइएमई लाइफलाई केयर नेपालको रेटिङ्ग,आईपिओ निष्काशन प्रक्रिया अघि बढ्यो

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपिओ) जारी गर्न रेटिङ्ग गराएको छ । 

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले  केयरएनपी ट्रिपल बि रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको जनाउँदछ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको छ । हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

आईपिओ निष्काशन पछि कम्पनीमा ७० प्रतिशत प्रोमोटर सेयर र ३० प्रतिशत साधारण सेयरको हिस्सा हुने छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो आम्दानी ११४ प्रतिशतले धेरै हो । 

कम्पनीले गत वर्षको सोहि अवधिमा ८८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।  

चैत मसान्तसम्ममा कम्पनीले १० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ९ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको