Like us!
Follow us!
Connect us!
Watch us!

सवारी चालक अनुमतिपत्रको लिखित परिक्षाको पाठ्यक्रम परिवर्तन

अर्थ संसार

विहीबार, १० असार २०७८, १२ : ४४ मा प्रकाशित

सवारी चालक अनुमतिपत्रको लिखित परिक्षाको पाठ्यक्रम परिवर्तन

सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक भएको छ । बुधबार यातायात व्यवस्था विभागले एक प्रेस विज्ञप्ति जारी गरी गर्दै पाठ्यक्रम सार्वजनिक गरेको हो । 

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (वर्ग ‘क’, ‘ट’ (A/K)- मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको जनाइएको छ । 

निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग ‘क’/‘ट’ (A/K) र वर्ग ‘ख’ (B) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००/५०० वटा प्रश्नहरुको २ वटा प्रश्न संग्रह विभागले आफ्नो वेवसाइटमा प्रकाशित गरेको छ ।

आगामी दिनमा वर्ग ‘क’/‘ट’ (A/K) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गर्नुपर्ने बिज्ञप्तीमा जनाइएको छ । 

उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा प्रश्नहरुलाई वार्षिकरुपमा अध्यावधिक गरिँदै जाने विभागले जानकारी दिएको छ । प्रश्नपत्र संग्रहको सार्वजनिक प्रकाशनले परीक्षार्थीलाई लिखित परीक्षाको तयारी गर्न सहज हुने विश्वास विभागले लिएको छ ।

यसअघि शतप्रतिशत १०० अंक पास गर्नुपर्ने प्रयोगात्मक ट्रायल परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य मानिने छ भने अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षा भने अब पास हुन ८० अंक ल्याउनुपर्नेछ । 

60d42f5dcc6cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको