Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्समा सञ्चालक निर्वाचित

अर्थ संसार

विहीबार, १० असार २०७८, १६ : १६ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्समा सञ्चालक निर्वाचित

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा २ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे असार ६ गते, आइतबार सम्पन्न भएकाे उन्नाइसौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण समूह (ख) काे तर्फबाट सञ्चालक पदमा शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ । उक्त सभामा सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका थिए ।

कम्पनीको  उन्नाइसौं वार्षिक साधारण सभा असार ६ गते, आइतबार होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा सम्पन्न भएकाे थियाे । सभाबाट कम्पनीका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d4609fd60a2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको